Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैशाख लागेसँगै सुनको मूल्यमा क्रमश बृद्धि

बैशाख लागेसँगै सुनको मूल्यमा क्रमश बृद्धि

काठमाडौं, ५ बैशाख । बुद्यबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । हिजो ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

वर्ष २०७५ साल सुरु भएपछि सुनको मूल्य क्रमश बढिरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार वर्षको पहिलो दिन २ गते ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ३ गते पनि २ सय रुपैयाँले बढेर ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो ।

यसैगरी हिजो प्रतितोला ७ सय ५५ रुपैंया रहेको चाँदी आज ५ रुपैंयाले बृद्धि भई प्रतितोला ७ सय ६० रुपैंयामा कारोवार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x