Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

५ विदेशी मुद्रामा आउने लगानीको मात्रै हेजिङ

५ विदेशी मुद्रामा आउने लगानीको मात्रै हेजिङ

काठमाडौँ, १३ पुस । सरकारले विभिन्न ५ विदेशी मुद्रामा नेपाल भित्रिने वैदेशिक लगानीको मात्रै हेजिङ(विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो ) गर्ने भएको छ ।
विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने नोक्सानीबाट बच्न हेजिङको सुविधा प्रयोग गर्ने गरी नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो ।
हेजिङसम्बन्धी नियमावली २०७५ को संशोधन प्रस्ताव तयार पार्दै सरकारले यस्तो व्यवस्था लागू गर्ने तयारी गरेको हो ।

अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र ब्रिटिस पाउन्डमा आउने लगानीको हेजिङ गर्न सकिने गरी नियमावली संशोधन गरिँदै छ ।

अर्थ मन्त्रालयले तयार पारेको हेजिङसम्बन्धी नियमावलीको संशोधन मस्यौदामा ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले परिभाषित र कायम गरेको स्पेसल ड्रइङ राइट (एसडीआर) भित्र पर्ने मुद्रामा हेजिङ गर्न सकिने’ उल्लेख छ । आईएमएफले अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र ब्रिटिस पाउन्डलाई मात्रै एसडीआरभित्र राखेको छ ।

अर्थ मन्त्रालयले नियमावली संशोधनको प्रस्ताव चाँडै मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरेको छ । मस्यौदामा भएको व्यवस्थालाई नै मन्त्रिपरिषद्ले स्वीकृत गरे एसडीआरभन्दा बाहिरका विदेशी मुद्रामा आउने वैदेशिक लगानीको हेजिङ गरिने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x