अर्थ र रक्षा मन्त्रीले लिए बालबालिकाको अभिभावकत्व

काठमाडौं, ५ बैशाख । विद्यार्थी भर्ना अभियान अन्तर्गत रक्षा मन्त्री इश्वर पोखरेल र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले काठमाडौंको धुम्बराहीमा रहेको धुम्बराही माध्यामिक विद्यालयका २ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । दुई मन्त्रीले आज उनीहरुको अभिभावकत्व ग्रहण गरेका हुन ।

‘हामी सबैको इच्छा अनिवार्य निशूल्क शिक्षा’ नारा सहितको विद्यार्थी भर्ना अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट सुरुवात गरेका थिए । मन्त्री, शिर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, विभिन्न दलका भातृ संगठनकहरुले पनि अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई सघाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *