Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रिलायन्स लाइफमा कँडेल बने कामु सीइओ

रिलायन्स लाइफमा कँडेल बने कामु सीइओ

काठमाडौं, १३ पुस । रिलायन्स लाइफ इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निराजन कँडेलले पाएका छन् ।


कँडेल रिलायन्स आउनुअघि बैंकर थिए । स्ट्यान्डर्ड चार्टर्ड बैक नेपालमा ब्यवस्थापकीय पद छाडेर उनी बीमा क्षेत्रमा आएका हुन् ।
उनी संस्था सञ्चालनमा आउनुअघि नै डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

प्रमुख कार्यकारी अधिकृतको चार बर्षे कार्यकाल सकेर प्रविणरमण पराजुली अवकाश भएका छन् ।


उनी नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध हुने भएका छन् । बीमा समितिले प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लगाएको छ । त्यसो हुँदा उनी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृतको भूमिकामा जाने छन् । त्यसपछि उनी प्रमुख कार्यकारी अधिकृत बन्ने छन् ।

पराजुली पूर्व बैंकर हुन् । उनले नबिल बैंकमा काम गरेका थिए । उनी नबिल बैंकका तर्फबाट सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङमा काजमा प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनको बैंकिङ क्षेत्रमा करिव १५ बर्षको अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x