सुन र चाँदीको मुल्य घट्यो
काठमाडौं, २३ पुस । साताको पाचौं दिन बिहीवार सुन र चाँदीको मूल्यमा ह्रास आएको छ ।
छापावाला सुनमा प्रतितोला ५०० र चाँदीमा प्रति तोला २५ रुपैयाँले कमी आएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो ।
बुधवार छापावाला सुनको बजार मूल्य प्रति तोला ९२ हजार ८०० थियो भने बिहीवार प्रति तोला ९२ हजार ३०० र चाँदी प्रति तोला १ हजार २६५ बाट घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी गराएको छ ।