पछिल्लो समय नेपालमा पर्यटकको अवस्था
काठमाडौं , २३ पुस । कोभीडको कारण ठप्प रहेको पर्यटन व्यवसायमा केही सुधार आउन थालेको छ ।
केही महिना यता पर्यटकहरुको आगमन हुनथाले पछी पर्यटन व्यवसायीहरुको व्यापार बढ्न लागेको देखिएको छ ।
तर व्यवसाय पुनः संचालन भएको केहि महिना नबित्दै ओमीक्रोन फैलन थाले संगै पछिल्ला दिनहरुमा व्यवसायीहरु त्रसित रहेको एक व्यवसायीले जानकारी दिए ।
काठमाडौंमा रहेको ठमेलमा आन्तरिक तथा वाह्य पर्यटक मध्य आन्तरिक पर्यटक सत प्रतिसत आउन थाले पनी वाह्य पर्यटक चाहीँ पहिलेको तुलनामा १५÷१८ प्रतिसत आएको व्यवसायीले जानकारी दिएका छन् ।
त्यस्तै पर्यटन व्यवसाय पहिलेको अवस्थामा आइपुग्न २ देखि ३ वर्ष लाग्ने र पर्यटकले खर्च भने पहिलेको जस्तो नगरेको नेपाल पर्यटन सेवा संघका उपा–अध्यक्षले जानकारी गराए । मित्र राष्ट्रहरु चाईना र भारत बाट धेरै भन्दा धेरै पर्यटक भित्राउनु पर्ने हुन्छ तर हामीले सोचे अनुसार पर्यटक भित्राउन नसकिरहेको व्यवसायी बताउँछन् ।