निगमका कार्यकारी निर्देशक पौडेलको कार्यकाल समाप्त
काठमाडौं, २३ पुस । नेपाल आयल निमगका कार्यकारी निर्देशकमा नयाँ व्यक्ति आउने भएका छन् ।
कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको ३ वर्षे कार्यकाल समय हिजो पुस २२ गते बिहिबारसम्मको समय सकिएकाले आयल निगमबाट बिदा भएका हुन् ।
उनी बिदा भएपछि निगमको कार्याकारी निर्देशकमा नेपाली कांग्रेसका केही व्यक्ति लागेका छन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय समाजवादी पार्टीले पनि आफ्ना निगटकाले पाउनुपर्ने अडान राख्दै आएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटार श्रोतका अनुसार सरकारमा रहेका विभिन्न पार्टीका प्रतिनिधि प्रधानमन्त्री पत्नी डा. आरजु राणालाई आफ्ना मान्छेलाई पार्नुपर्छ भन्दै सोर्सका लागि लागिपरेका छन् ।