Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

हुवासिन सिमेन्टको उत्पादन शुरु

हुवासिन सिमेन्टको उत्पादन शुरु

काठमाडौं, २४ पुस । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगले आज शनिबारदेखि परीक्षण उत्पादन शुरु भएको छ ।
परीक्षण उत्पादनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएकोले शनिबारदेखि शुरु भएको उद्योगले जनाएको छ ।

उद्योगका लागि क्लिन्कर बनाउने क्लिन फायर उपकरणलाई १४ सय डिग्री तापक्रममा चार्ज गरेर शनिबारबाट उद्योगले परीक्षण उत्पादन भएको उद्योगको दाबी छ ।

पहिलो चरणमा क्लिंकर र बिस्तारै सिमेन्ट उत्पादन शुरु हुने र प्रत्येक दिन उत्पादन हुने क्लिंकर र सिमेन्टको गुणस्तर उद्योगको प्राविधिक र सरकारी टोलीले परीक्षण गर्दै जाने उद्योगले जनाएको छ ।

बढीमा दुई महिनामा उद्योगबाट व्यवसायीक सिमेन्ट उत्पादन शुरु हुने कम्पनीले सूचना दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x