Shangrila

बीमकको संघको अध्यक्षमा चंकी क्षेत्री

काठमाडौँ, २४ पुस । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।

संघकोे साधारणसभाबाट सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्री संघको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । यस अघि क्षेत्री संघको महासचिव थिए ।

सभाले क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

सभाले उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *