Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

ग्रोथ सेलर्सद्वारा विभिन्न्न व्यक्ति सम्मानित

ग्रोथ सेलर्सद्वारा विभिन्न्न व्यक्ति सम्मानित

काठमाडौं, २४ पुस। ग्रोथ सेलर्सले कर्पोरेट क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरेट क्लबद्वारा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका प्रधानमन्त्री देउवाले संस्थागत विकासमा उल्लेख्य योगदान पु¥याउने तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र प्राध्यापक डा. सुरेशराज शर्मालाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ प्रदान गर्नुभयो । त्यस्तै लक्ष्मी ग्रूप अफ इन्डस्ट्रिजका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कार्यक्रममा अवार्ड पाउने अन्य व्यक्ति तथा संस्थाहरूमा महिला बैंकर अनुपमा खुञ्जेली, उद्योगी हरिभक्त शर्मा, निम्बस होल्डिङ्स, क्वेस्ट फर्मास्युटिकल्स, सस्तो डिल, ई–सेवा र डिस मिडिया रहेका छन् । साथै होटल सोल्टी, टिच फर नेपाल, किरण सुज, बुटवल पावर कम्पनी, एसियन पेन्ट्स, शिखर इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले समेत अवार्ड पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x