Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

हिमालयन बैंकद्वारा संकटा क्लबलाई १० लाखको प्रायोजन

हिमालयन बैंकद्वारा संकटा  क्लबलाई १० लाखको प्रायोजन

काठमाडौं, २६ पुस । हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिव रमेश धोज बस्नेतलाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरूसहित संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायत अन्य प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x