Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालमै मास्टर्स इन बिजनेश एण्ड एकोनोमिक्स भित्रियो

नेपालमै मास्टर्स इन बिजनेश एण्ड एकोनोमिक्स भित्रियो

काठमाडौं, ५ माघ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टद्वारा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको नया“ कार्यक्रम मास्टर्स इन बिजनेश एण्ड एकोनोमिक्सको सुरुवात गरिएको छ । अन्तर्राष्ट्रिय जगतमा अर्थशास्त्र विधामा भएका नविन खोज तथा अनुसन्धानलार्ई व्यबस्थापन शिक्षासंग समायोजन गरि भविष्यमा मुलुकलाई चाहिने बिजनेश एकोनोेमिक्सका विज्ञहरुको उत्पादन गर्नुरहेको सो विश्वविद्यालयले जनाएको छ ।

यसबाट उत्पादित जनशक्तिले भोलि गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बैंंक, वित्तीय संस्था, उद्योग तथा व्यवसाय र ब्यापारिक निकायलाई आर्थिक निर्णयमा पनि निर्णायक हुने अपेक्षा गरिएको कलेजले जनाएको छ । साथै सो जनशक्ति भोलिको आर्थिक नीति निर्माणमा निर्णायक हुने अपेक्षा गरिएको डीन प्रोफेसर देवीप्रसाद बिडारीले बताए । कुल ६६ क्रेडिटको सो कार्यक्रम दुइ वर्ष अवधिको हुने जनाइएको छ । विद्यार्थीले चार सेमेस्टरमा अध्ययन गनुपर्नेछ । अर्थशास्त्र, व्यवस्थापन,विज्ञान र इन्जिनियरिङ्ग संकायमा स्नातक तहमा ५० प्रतिशत वा २ जीपीए ल्याई उतीर्ण हुने विद्यार्थीले सो कार्यक्रममा भर्र्नाका लागि योग्य हुने छन् नेपालमा पहिलो पटक सो कार्र्यक्रम लागु गरिएको काठमाण्डौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x