Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्मार्ट लकडाउनको प्रभाव: उत्पादित सामानले बजार पाउन छाड्यो

स्मार्ट लकडाउनको प्रभाव: उत्पादित सामानले बजार पाउन छाड्यो

काठमाडौं, ११ माघ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मानिसहरुको चहलपहललाई निरुत्साहित गरेको छ । भिडभाड हुने क्षेत्रहरुमा कडाई गरिएको छ । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ भने २५ जना भन्दा बढी जम्मा हुन रोक लगाइएको छ। यो निर्णयले व्यवसायीक क्षेत्र थप प्रभावित भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा लागू गरेर व्यवसाय चलायमान गराउनुपर्ने उनको बुझाई छ । अहिले नै व्यापारिक क्षेत्रहरु सुनसान देखिन थालिसकेको छ । जसको कारण उत्पादित सामानले पनि बजार पाउन छाडिसकेको व्यवसायी बताउँछन् । दैनिक उपभोग्य बाहेकका अन्य सामग्रीको खपत दुई सातायता निकै घटेकोको
नेपाल उद्योग वाणिज्य महासंघका घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले बताए ।

नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । यसअघिका दुई पटकको लकडाउनको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । दुई पटकको लकडाउनपछि विस्तारै आफ्नो बाटो समात्दै गरेको व्यवसायले पुनः लकडाउन गर्दा थप समस्या आउने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x