उपत्यकाको सार्वजनिक सवारीमा जोरबिजोर हट्यो
काठमाडौं, १५ माघ । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का सार्वजनिक सवारी साधनमा लागू जोरबिजोर प्रणाली अन्ततः हटेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको शुक्रबारको बैठकले शनिबारदेखि लागू हुनेगरी यसअघिको जोरबिजोर प्रणाली खारेज गर्ने निर्णय गरेको हो ।
निजी सवारी साधन र ट्याक्सीमा भने पूर्ववत् जोरबिजोर प्रणाली लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।
सीसीएमसीको बैठकले सिनेमा घर, डान्सबार तथा दोहोरी माघ मसान्तसम्म बन्द गर्नपनि सिफारिस गरेको छ ।यस्तै विद्यार्थीहरुलाई भ्याक्सिन लगाउनका लागि माघ मसान्तसम्म विद्यालय खोल्न तर, पठनपाठन भने भर्चुअल माध्यमबाटै गर्न पनि सीसीएमसीले सिफारिस गरेको छ ।