Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेका नवनियुक्त सीईओले सोमबारदेखि कार्यभार सम्हाल्ने

नेप्सेका नवनियुक्त सीईओले सोमबारदेखि कार्यभार सम्हाल्ने

काठमाडौं, २२ माघ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएपछि कार्कीले आफ्नो पदभार सम्हाल्ने तयारी गरेका हुन् ।

माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई ६ महिना अघिदेखि नेतृत्वविहीन भएको नेप्सेमा प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कार्कीले माघ २४ गतेदेखि ४ वर्षसम्म नेप्सेको नेतृत्व सम्हाल्ने भएका छन् ।

४ वर्षको लागि नियुक्त भएका नवनियुक्त सीईओ कार्कीले हाल आवद्ध रहेको संस्थाको राजिनामा स्वीकृत भएपछि नेप्सेमा कार्यभार सम्हाल्ने बताएका छन् । ‘अन्य संस्थाको राजिनामा स्वीकृत गराएर नेप्सेमा जाने हो, सायद आइतबार सबै काम सकिन्छ अनि सोमबारदेखि जान्छु होला,’ कार्कीले भने ।

अर्थशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् ।

पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् ।

‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने ।

कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x