दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने
काठमाडौं, २७ माघ । ४.५ मेगावाटको दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीसहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि यी दुई कम्पनीबीच बिहीवार सम्झौता भएको हो ।