आन्तरिक राजस्व विभागको महानिर्देशकमा शाक्य र भन्सारमा भट्टराई
काठमाडौं, २ फागुन । आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रितेश शाक्यलाई दिइएको छ । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका शाक्यलाई विभागको जिम्मेवारी दिइएको हो ।
गत शुक्रवार विभागका महानिर्देशक शोभाकान्त पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि उक्त पद रिक्त थियो । यस्तै, भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख कमल भट्टराईलाई दिइएको छ।