Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरु हटाउन सिफारिस

विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरु हटाउन सिफारिस

काडमाडौं, ९ फागुन। विद्युत नियमन आयोगका अध्यक्ष तथा सदस्यहरुले काम, कर्तव्य, अधिकार पूरा गर्न नसकेको छानबिनबाट देखिएको छ । विद्युत नियमन आयोगका अध्यक्ष तथा दुई सदस्यहरुको कार्यक्षमताको छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको पदीय दायित्व पूरा नगरेको ठहर गरिएको छ ।

उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा बनेको समितिले बनाएको प्रतिवेदनमा बुँदागत रुपमा डिबी सिंह, सदस्य रामेशश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीले के–के काम पदीय भूमिका अनुसार निभाएनन् भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको समितिका एक सदस्यले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमार्फत गत पुस ८ गते छानविन समिति बनाएपछि स्वतः निलम्बनमा परेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x