Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

३८ प्रतिशतले बढ्यो वीरगञ्ज भन्सारको राजस्व संकलन

३८ प्रतिशतले बढ्यो वीरगञ्ज भन्सारको राजस्व संकलन

वीरगञ्ज, ९ फागुन । मुलुकको प्रमुख नाका वीरगञ्जको राजस्व संकलन ३८ प्रतिशतले बढेको छ । नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व असुलीमा पनि परेको हो ।
भन्सार कार्यालयका अनुसार सो नाकाबाट गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजस्वको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन ३३ अर्ब २२ करोडले बढेको छ । गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख राजस्व असुली भएकोमा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख संकलन भएको छ ।

चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्य भन्दा चार दशमलव तीन प्रतिशत बढी अर्थात् पाँच अर्ब एक करोड ७८ लाख बढी सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x