Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कागजातबिना जहाज पुगेको घटनामा सुरक्षा कमाण्डर निलम्बित, थप अनुसन्धान जारी

कागजातबिना जहाज पुगेको घटनामा सुरक्षा कमाण्डर निलम्बित, थप अनुसन्धान जारी

काठमाडौं, १३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिकट र पासपोर्टबिना जहाजभित्र प्रवेश गरेपछि सुरक्षाका कमाण्डर निलम्बित भएका छन्। नेपाल वायु सेवा निगमले विमानस्थलका कमाण्डर ध्रुवराज थापालाई निलम्बित गरेको हो।

सोमबार राति काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको जहाज ९एन-एएलवाई, एयरबस ३३० जहाजभित्र अनधिकृत व्यक्ति फेला परेका थिए। राति १०:४५ मा निगमको जहाजमा रौतहटका १८ वर्षीय हस्पम आलम फेला परेका थिए। उनीसँग पासपोर्ट र टिकट केही थिएन। उनी जहाजको बिजनेश क्लास सिटमा भेटिएका थिए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।उनी दोस्रोपटक यसरी विमानस्थम प्रवेश गरेका हुन । यसअघि उनी धावनमार्गसम्म पुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x