Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि व्यवसायिक उडान सुरु हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि व्यवसायिक उडान सुरु हुने

काठमाडौं, १८ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरिसकेको छ । अब बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अर्थकोअर्थलाई जानकारी दिए ।

प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको उनले जानकारी दिए । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x