Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदीको बढुवा

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदीको बढुवा

काठमाडौं, २० फागुन । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदीको बढुवा भएको छ । बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो ।

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्। उनी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका छन् ।

कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक भएपनि सर्वसाधारण शेयरधनीको पनि लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x