Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बढ्यो अन्डाको भाउ

बढ्यो अन्डाको भाउ

काठमाडौं, २५ फागुन । बजारमा अन्डाको खुद्रा मूल्य बढेको छ । अब उपभोक्ताले प्रतिगोटा १६ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि प्रतिगोटा १५ रुपैयाँ थियो ।

नेपाल अन्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अन्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो ।
प्रतिक्रेट ठूलो अन्डा ४०० र मिडियम ३७० रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ । माघमा प्रतिक्रेट ठूलो अन्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो ।

संघद्वारा जारी विज्ञप्तिमा उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अन्डाको बिक्री मूल्य नयाँ निर्धारण गरिएको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x