Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने

काठमाडौं, २६ फागुन । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए।

रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ । यी प्रतिबन्धलाई उहाँले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भएको बताए ।

ब्लूमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा यूक्रेन–रूस युद्ध सुरूभएपछिभविश्यको बजारमा तेलको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x