निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: रवि सिंह निर्वाचित
काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: रवि सिंह निर्वाचित भएका छन् । महासंघको १२ औं महाधिवेशनबाट उनले अध्यक्षका प्रत्यासी निकलोश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका हुन् ।
११ सय ८१ मत खसेकोमा सिंहले ९ सय मत गणना गर्दा नै आवश्यक मत प्राप्त गरेपछि उनी विजयी भएका हुन् । ९०० मत गणना हुदा सिंहले ५६६ मत लिएका छन् भने पाण्डेले जम्मा २७० मत लिएका छन् । अर्का उम्मेद्वार हुमनाथ कोइरालाले २६ मत मात्रै प्राप्त गरेका छन् ।
सिंह दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । उनी नेपाली काङ्ग्रेस निकट निर्माण व्यवसायी हुन ।