Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एन्टि डोपिङ अभियान सार्थक बनाउन नेपालको जोड

एन्टि डोपिङ अभियान सार्थक बनाउन नेपालको जोड

काठमाडौं, १ चैत्र । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिङ कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ ।
नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ एन्टि डोपिङ अभियान सार्थक बनाउनु पर्ने पक्षमा मत राखेका छन् । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तब्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा एन्टि डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएको उनको सचिवालयले जानकारी दिएको छ

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया शुरु गरेको र आगामी दिनमा एन्टि डोपिङ सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए । कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए ।
मार्च १४ देखी १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिङ संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x