Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारमा सुस्तापन

शेयर बजारमा सुस्तापन

काठमाडौं, २ चैत्र । बैंकमा निक्षेप बढेर ब्याजदर स्थिर हुँदासमेत शेयर कारोबार मापक नेप्से साताको अन्तिम दन सुस्ताएको छ । बजार परिसुचक कारोबार हुने यो साताको अन्तिम दिन बुधबार १९.६५ बिन्दुले ओरालो लागेर २,६३१.३२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले कमी हो ।


शेयर बजार कारोबारको अन्तिम दिन बिहिबार भएपनि भोली बिहिबार होलीको सार्वजनिक बिदा भएकाले यो साता आज बुधबार अन्तिम कारोबार हो ।


वास्तवमा भन्ने हो भने यो साता आइतबार एक दिन बढेको शेयर बजारमा त्यहीअनुसार उत्साह देखिएन । सोमबार प्राविधिक समस्याले कारोबारको केहीबेरमै रोकिएको शेयर बजारमा मंगलबार र बुधबार भने गिरावट आएको स्टक एक्सचेञ्जले जनाएको छ ।

बजार परिसुचकसँगै शेयर कारोबारको रकम समेत खुम्चिएको छ । बुधबार २ अर्ब ५७ करोड ४ लाख १ हजार १ सय ८१ रूपैयाँको कारोबार भएको छ । कूल २३१ कम्पनीको ३७ हजार ३२ कारोबारमा ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भए ।

चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले यो साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उछाल आएको थियो । आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको थियो ।

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले शेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहँदा पनि शेयर बजार भने यो सातामा पनि एक दिनबाहेक उत्साह देखिएन ।

चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णयसमेत गरिसकेको छ । बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन् । संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागु हुनेछ । यसको शेयर बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन भएपनि बजारले भने साथ दिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x