Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सीबीफीन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त काम गर्ने

सीबीफीन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त काम गर्ने

काठमाडौंं, ५ चैत्र । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) र एसियाली विकास बैंक (एडीबी)को संयुक्त रुपमा आत्मनिर्भर अर्थतन्त्रका लागि काम गर्ने भएका छन् । सीबीफीनको नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी उनले नेपाललाई अबको दिनमा सुक्ष्म लगानी विकास प्रोकेक्टमा गर्न आवश्यक भएको बताए । ‘साना तथा मझौला ब्यवसयीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय संचालन गर्न सक्ने भएकाले वित्तीय पहुच, बजार र पूर्वाधारसंगै सीपको सहित सहयोग आवश्यक रहेको उनले बताए ।

बैठकमा सीबीफीनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे । उनले देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।

सीबीफीनका बरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए ।
कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर राणाले स्वदेसी उत्पादनलाई प्रबर्धन गर्न सकिए नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठूलो राजश्व पनि उठाउन सकिन्छ र तरलताको समस्या केहि हदसम्म समाधान दाबी गरे ।

नेपाल हर्बल संघ, राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघ लगायतका व्यवसायीहरुले स्वदेशी निकासी हुने एलो, रेशम, जडिबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरुको प्रबर्धन गर्ने कुरा उठाए ।

नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरिन् । त्यसैगरी नेपाल राष्ट्रिय अल्लो उद्यमी संघका उपाध्यक्ष गणेश एईडीले यातायात र वित्तिय ठुलो समस्या रहेको बताए ।

एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखिन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x