Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

तरकारी सहित अधिकांश वस्तुमा मूल्यवृद्धि

तरकारी सहित अधिकांश वस्तुमा मूल्यवृद्धि

काठमाडौं, १२ चैत्र । पछिल्लो समय अधिकांश वस्तुको अत्याधिक मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिको प्रमुख कारण युक्रेन र रुसकोबीचकोद्धन्दसँगै भएको पेट्रोलियम पदार्थ र तेलको मूल्यवृद्धिलाई दोष दिइएको छ ।

वास्तवमा भन्ने हो, दुई वर्षअघि २०७६ साल चैत्र ११ गतेको दिन नेपालमा कोरोनाका कारण भएको लकडाउन मुख्य समस्या हो । कारोना संक्रमणले विश्व अर्थतन्त्रमा नराम्रो धक्का समेत दिएकोमा दुईमत छैन ।

यो समयमा मानवीय स्वास्थ्यमा जति असर गरेको छ त्यति नै उपभोक्ताको बजेटमा पनि मार परेको छ । नेपालभर आर्थिक गतिविधि ठप्प भएसँगै विक्रि वितरणमा भएको समस्याले अधिकांश वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको छ । पछिल्लो समय दोष पेट्रोलियम पदार्थको मुल्यवृद्धि, रुस र युक्रेनको द्धन्द देखिएको छ ।

कच्चा पदार्थको आपूर्ति कम भएसँगै उत्पादन कम भएपनि माग भने यथावतै रह्यो । जसले गर्दा अधिकांश वस्तुको मूल्य सामान्यतया २० देखि ५० प्रतिशतसम्म बढ्न पुग्यो ।

बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै खाद्यान्न, निर्माण सामग्रीको मूल्य उच्च रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमै अधिकांश वस्तु तथा कच्चा पदार्थको मूल्यवृद्धिले गर्दा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।

केन्द्रीय तत्थ्यांक विभागका अनुसार मासिक खर्च १० हजार खाद्यान्नमा हुन्थ्यो भने अहिले १५ हजार रुपैयाले पनि नपुग्ने अवस्था सिर्जना भएको छ । खाद्यान्नमात्रै नभएर दैनिक प्रयोग हुने सम्पूर्ण वस्तुको मूल्यवृद्धि भएको हो ।

खाने तेल १ हजार २ सय ५० रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँमा खरिद गर्न सकिन्थ्यो भने अहिले २ हजार ६ सय रुपैयाँ खर्चिनुपर्छ । मूल्य प्रतिलिटर १ सय ५० रुपपैयाँदेखि १ सय ६० रुपैयाँमा बिक्री हुँदै आएको थियो । तर, पछिल्लो अवधिमा उक्त तेलको मूल्य अहिले २ सय ८० रुपैयाँदेखि २ सय ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुवाट आयात गर्नुपर्छ । मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गरेको छ ।

तर नेपालमा तेलसँगै तरकारी, लत्ता कपडा, घरायसी तथा बाह्य वस्तुको मूल्य निर्धारण गर्दा पनि नयाँ मूल्यले सबैलाई असर पारेको छ ।

सबैको घरमा आवश्यक प्रत्येक दिनका लागि तरकारीको मारमा सर्वसाधारणदेखि सबै परेका छन् । कालिमाटी तरकारी बजारका अनुसार आज शनिबार केही फलफूल तथा तरकारीको मूल्यलाई हेर्नसक्छौं ।

कालो अंगुर प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी १२० रुपैयाँ, अदुवा ५०, अनार ३००, अम्बा १४०, आभाकाडो ५००, आलु रातो २६, इमली १८०, काक्रो ६०, काउली ५०, काक्रो ४० रुपैयाँ, कागती प्रतिकेजी ३५० रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x