Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल स्किल हीरो अवार्ड २०२२ उपाधिबाट चार व्यक्ति सम्मानित

नबिल स्किल हीरो अवार्ड २०२२ उपाधिबाट चार व्यक्ति सम्मानित


काठमाडौं, १४ चैत । स्किल वीक २०२२, तेस्रो संस्करण समापन समारोह आईतवार द सोल्टी होटेलमा आयोजित कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र १००+ इच्छुकहरुको उपस्थितिमा समापन गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थिति थिए ।


स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको बताइएको छ । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेको बताइएको हो ।


यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरिएको छ । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ गुरुप अफ हस्पिटालिटीका अध्यक्ष÷एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको र कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको बताइएको छ ।


यस्तै उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत, विज्ञान र प्रविधि क्षेत्रका लागि तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाबिन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८०,००० भन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान र नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको बताइएको छ । यो कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x