Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताहको उपलक्ष्यमा सातै प्रदेशमा वित्तिय साक्षरताका कार्यक्रम

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताहको उपलक्ष्यमा सातै प्रदेशमा वित्तिय साक्षरताका कार्यक्रम

काठमाडौं, १४ चैत । बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनि विक २०२२ ले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना गराई सम्पन्न भएको छ । यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ ।

जसमा प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी , मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल ,देविघाट, नुवाकोट , गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने क्रार्य गरेको बैंकले बताएको हो ।

यस क्रार्यक्रमा उपस्थित विधार्र्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको थियो । साथै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइृएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको र यसबाट बंैकिङ्ग प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x