Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

संगीत मार्फत पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम

संगीत मार्फत पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम

काठमाडौं, १५ चैत । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) ले मंगलवार पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ) ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन ।


यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ) ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शानितको सन्देश दिने गरेको बताउदै उनले संगीतकको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवद्र्धन गर्न सकिने समेत बताएका थिए ।

कार्यक्रममा (पीएफसीएफ) का सह संस्थापक विलियम औराले ज्याक ग्रोसङ संगीतले शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखेका थिए ।


प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसंगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पु¥याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यी दुवै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुने भएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x