Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ढुवानी व्यवसायीको आन्दोलन रोकियो, आजबाट आपूर्ति सुचारु हुने

ढुवानी व्यवसायीको आन्दोलन रोकियो, आजबाट आपूर्ति सुचारु हुने

काठमाडौं, २० चैत । नेपाल आयल निगम र पेट्राेलियम पदार्थ ढुवानी व्यबसायीबीच सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ ।

उनीहरुले ढुवानीको कमिशनका विषयमा उठाएको विषयमा सात दिन भित्र निश्कर्षमा पुग्ने सहमति भएसँगै सबै विरोधका कार्यक्रम फिर्ता लिइएको र आजबाट पेट्रोलियम विक्री वितरण सहज हुने भएको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x