Date

बिहि, असार २६, २०८२
Thu, July 10, 2025

फागुनमा विदेशी मुद्रा सञ्चिति १७ करोड अमेरिकी डलर घट्याे

फागुनमा विदेशी मुद्रा सञ्चिति १७ करोड अमेरिकी डलर घट्याे

काठमाडौं, ३० चैत । फागुन महिनामात्र १७ करोड अमेरिकी डलर सञ्चिति सकिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा फागुन मसान्तमा घटेर ९ अर्ब ५८ करोडमा सीमित भएको छ।

साउनदेखि फागुनको बीचमा २ अर्ब १७ करोड डलर सञ्चितिबाट घटिसकेको छ। घट्ने क्रम पछिल्ला महिनामा केही सुस्त भएको छ। नेपाल राष्ट्र बैंकले आयातमा केही निरुत्साहित गरेपछि सञ्चिति घट्ने गतिमा ब्रेक लागेको छ।

नेपालसँग अहिले सञ्चित रहेको विदेशी मुद्राले ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न मिल्छ।

फागुनमा यो वर्षकै धेरै रेमिट्यान्स आएको बताइएपनि अघिल्लो वर्षको तुलनामा अझै बढ्न सकेको छैन । गत वर्षको तुलनामा यो वर्षको आठ महिनामा ३ प्रतिशतले रेमिट्यान्स घटेको छ। यो वर्ष ५ अर्ब २८ करोड अमेरिकी डलरमात्र भित्रिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *