पे होली डे चाहन्छन् पर्यटन व्यवसायी

काठमाडौं, ३० चैत्र । नयाँ वर्षमो सरकारले पर्यटन क्षेत्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पर्यटन व्यवसायीहरुको भनाइ छ ।

०७८ साल जसोतसो रुपमा बिते पनि बिहिबार हुने नयाँ वर्ष २०७९ को पहिलो दिनदेखि पे होलीडे लागु हुनुपर्ने उनिहरुको भनाई छ ।

होटल एसोसिएन अफ नेपाल (हान) का केन्द्रीय सदस्य एवं क्राउन प्लाजा गु्रपका अध्यक्ष युवराज श्रेष्ठले सरकारले अघि सारेको १० दिने पेड होलिडेलाई तत्काल लागू गर्न सुझाव दिएका छन् । आन्तरिक पर्यटक चलायमान बनाउन पेड होलिडे महत्वपूर्ण रहने भएकोले यसमा ध्यान दिन आवश्यक रहेको बताउँछन् ।

यस्तै विदेशी एयरलाइन्सहरुले नेपाल आउने विदेशीहरुबाट हवाई भाडाबापत लिने चर्को शुल्कलाई घटाउनका लागि पहल गर्नुपर्ने र नेपाल एयरलाइन्सले विदेशमा धेरैभन्दा धेरै गन्तव्यमा उडान विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सरकारी संयन्त्रबाट पर्यटन क्षेत्रमा हुने हस्तक्षेप रोक्नुपर्ने बताउँछन्, ट्रेकिङ व्यवसायी नीलहरि बास्तोला । व्यवसायीहरुकै बलबुँताका कारण नेपालको पर्यटनक्षेत्र अहिलेको अवस्थामा ल्याउन सफल भएको बताउँदै आवश्यक नीति–नियममा सहजीकरण गर्नेदेखि अनावश्यक हस्तक्षेप बन्द गरे सहज हुँदै जाने उनले दाबी गरे ।

व्यवसायी बास्तोलाका अुनसार पर्यटन क्षेत्रसम्बन्धी हुने निर्णयमा पर्यटन व्यवसायीहरुलाई पनि समावेश गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *