नेपालको आर्थिक वृद्धिमा आईएमफको प्रक्षेपण विश्व बैंक र एडिबिको निकट
काठमाडौं, १४ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ ।
आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ ।
यो बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट हो । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो । त्यस्तै एसियाली विकास बैंकले पनि ४.१ प्रतिशत वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।
यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । बजेटको अर्धबार्षिक समिझा मार्फत पनि उक्त लक्ष्य संसोधन गरिएको छैन ।