पर्यटन बोर्डका सदस्य शेर्पालाई कोरियामा सम्मान
काठमाडौं, १७ वैशाख । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावाङिमा शेपालार्ई कोरियन सरकारले कोरियनअल्पाइन फेडेरेशनको नेपालस्थितलियजनअफिसको अध्यक्षका रुपमानियुक्तगरेको छ । कोरियाको राजधानीसियोलमाआयोजित फेडेरेशनको ६० औं वार्षिकोत्सवकाअवसरमाआयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।
कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामाउनको सरकाले नेपालको लियजनअफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको हो । सियोलमा आयोजित कार्यक्रममा कोरियन अल्पाइन फेडरेशनका अध्यक्ष डा.सोन जुङ होले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा शेर्पा दम्पति ङावाङिमा शेर्पा र राजेश्वरी शेपालाई सम्मान गरिएको थियो । सन् १९९५ देखि कोरियनपर्यटक तथापर्वतारोहीसँगकामगर्दै आउनु भएका शेर्पाले अब नेपालस्थित सम्पर्क कार्यालयको अध्यक्षको हैसियतमा कोरियाबाट नेपालआउने पर्वतारोहीहरुको समन्वय र सम्पर्क लगायतको जिम्मेवारी बहन गर्ने छन् ।
सम्मान पछि प्रतिक्रियादिँदै शेर्पाले कोरियन सरकारबाट प्राप्त यो जिम्मेवारी र सम्मान सम्पूर्ण नेपाल र नेपालीप्रति गरिएको सम्मान भएको बताए । उनले नेपालमा कोरियनपर्यटक भित्र्याउनआफुले सक्दो पहलगर्ने समेत बताए । शेर्पालाई कोरियननागरिकलाई नेपालमा सेवा र सहयोग गरेकोमाउत्कृष्ट कार्य समपादनबापत कोरियाको देइजोन नगरपालिकाले सफल कार्य समपादन सम्मान २०१८ बाट सम्मान गरेको थियो ।