Date

शुक्र, असार २८, २०८१
Fri, July 12, 2024

आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद बैंठक जारी : को होला आईजीपी ?

आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद बैंठक जारी : को होला आईजीपी ?

काठमाडौं, १८ वैशाख । आईजीपी नियुक्ति गर्न आज मन्त्रिपरिषद बैंठक जारी रहेको छ ।


आईजीपी कसलाई नियुक्ति गर्ने भन्ने बिषयमा सत्ता गठबन्धन दलबीच कुरा नमिल्दा आज ११ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैंठक केही ढिला हुन गएको हो ।


सत्ता गठबन्धनको एउटा पक्ष प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपीमा बढुवा गर्नु पर्छ भन्दै आएको छ । अर्कोतर्फ, प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा उभिएका छन् ।


सत्ता गठबन्धन दलबीच सहमति कायम गरेर यी दुई मध्ये एकलाई आईजीपी नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद लैजाने तयारी भइरहेको स्रोतको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x