श्री इन्भेष्टमेन्टले प्रस्ताव गर्याे २८.६७ प्रतिशत बोनस, चुक्ता पुँजी ८० करोड पुग्दै

काठमाडौं, २३ वैशाख । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले हकप्रद शेयर वितरण पछिको चुक्ता पुँजीको २६.५७ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालनक समितिको बैठकले बानेस शेयर दिने निर्णय गरेको हो ।

कम्पनीले निष्कासन गरेको १० बराबर ८.३ कित्ता हकप्रद शेयर वितरण पछिको चुक्ता पुँजी ६३ करोड २१ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले १६ करोड ७९ लाख रुपैयाँ बोनस शेयर दिने भएको छ । बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *