नेप्से ४८.७३ अंकले ओरालो लाग्यो

काठमाडौं, १९ वैशाख । यस साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ अंकमा पुगेको छ ।
सोमबार २२८ कम्पनीको ३९ लाख ७८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक ८.४५ अंकले घटेर ४४१.७९ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । यस्तै यस दिन सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार ३४२.२५ अंकले घटेर १२२५३.१० अंकमा पुगेको छ ।