श्वेता खड्का र भुवन केसी कांग्रेसमा प्रवेश
काठमाडौं, २० वैशाख । अभिनेता भुवन केसीदेखि श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार कलाकार भुवन केसी,नायिका श्वेता खड्का र रवीन्द्र खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।
उनीहरुलाई कांग्रेस पार्टी सभापति देउवाले अबीर लगाएर पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् ।
उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने बताएका थिए ।