Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रेस स्वतन्त्रता हनन सबैभन्दा बढी बागमती प्रदेशमा

प्रेस स्वतन्त्रता हनन सबैभन्दा बढी बागमती प्रदेशमा

काठमाडौं, २० वैशाख । आज मंगलबार विश्व स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ । आजको दिन प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिने गरिन्छ ।

नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दागर्दै मृत्युवरण गर्न पुगेका पत्रकारहरुको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गर्दै वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्दै अब कसरी अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षको खोजी गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

महासंघअन्तगर्तको सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् भने प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ ।
प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।

उनका अनुसार बागमति प्रदेशमा ५४ वटा त्यस्ता घटनाहरु भएका छन्, जसले यहाँको प्रेस स्वतन्त्रताको अवस्थालाई दर्साउँछ । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने योपटक हननका घटनाहरु भएको पाइएको छैन । प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएका छन् ।

२७२ मध्य ३३ जना महिलाहरु पीडित भएका छन् । अघिल्लो वर्षको पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा संचारसंस्था पीडित बनेका थिए । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x