Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माहुलीले ५० प्रतिशत हकप्रदको लागि दियो आवेदन

माहुलीले ५० प्रतिशत हकप्रदको लागि दियो आवेदन

काठमाडौं, २४ वैशाख । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयरको लागि आवेदन दिएको हो ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि लघुवित्तको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्ने छ । लघुवित्तको हाल चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । यस्तै चालु आर्थिक वर्षको नौ महिनामा लघुवित्तले २ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.०२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तले २ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x