Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१ खर्ब १६ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

१ खर्ब १६ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

काठमाडौं, २ जेठ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा १ खर्ब १६ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंककका अनुार सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा चैत मसान्तसम्ममा कुल १ खर्ब १६ अर्ब ९० करोड लगानीमा रहेको छ ।

सो अवधिमा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको १३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३६ ऋणीको रु।३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैत मसान्तसम्ममा १ अर्ब १३ करोड स्वीकृत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x