Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्रम स्वीकृति लिने पाँच लाख नाघे

श्रम स्वीकृति लिने पाँच लाख नाघे

काठमाडौं, ५ जेठ । चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच बढेको र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नौ हजार ४३० पुगेको छ । यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिको तुलनामा लगभग तीन गुणाले बढी हो ।

चालू आर्थिक वर्षकै चैतको तुलनामा वैशाख महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । विभागका अनुसार चैत महिनामा ५९ हजार ४६१ जनाले श्रम स्वीकृति लिएकोमा वैशाखमा ४५ हजार पाँच जनाले श्रम स्वीकृति लिएका छन् । स्थानीय तहको निर्वाचनका कारण श्रम स्वीकृति लिने घटेको हुनसक्ने अनुमान गरिएको छ ।

आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए भने सोही आर्थिक वर्षको पहिलो १० महिनामा एक लाख ५२ हजार युवाले श्रम स्वीकृति लिएका थिए । आव २०७६/७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागको तथ्याङ्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x