Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिलो पटक शुक्रबार कारोबार भएको नेप्से ओरालो

पहिलो पटक शुक्रबार कारोबार भएको नेप्से ओरालो

काठमाडौं, ६ जेठ । सरकारले जेठदेखि सातामा दुई दिन विदा दिन गरेको व्यवस्था आज शुक्रबारदेखि शेयर कारोबारको हकमा पनि लागू भएको छ ।

उक्त व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुनेछ भने शनिबार र आइतबार विदा हुनेछ ।

सरकारले वैशाखमै आइतबार पनि सार्वजनिक विदा दिएर शुक्रबार पूरै दिन कार्यालय समय तोकेपछि नेपाल स्टक एक्सचेन्जले त्यसलाई कार्यान्वयन गरेको हो ।

नयाँ व्यवस्थासँगै आज शुक्रबार पहिलो दिनको कारोबारमा नेप्से दोहोरो अंकले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसुचक १५.८२ अंकले घटेको छ ।

कूल २२३ कम्पनी सामेल भएकामा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

शेयर कारोबारमा कूल २५ लाख २४ हजार २६८ कित्ता शेयर १९ हजार १०९ पटक खरिद बिक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x