टाटा मोटर्सको नयाँ शोरुम ललितपुरको सातदोबाटोमा
काठमाडौं, ९ जेठ । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालि सञ्चालनमा ल्याएको छ ।
टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले शोरुमको उद्घाटन गरे ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सञ्चालनमा ल्याएको हो ।
शोरूममा टाटा मोटर्सका नयाँ बीएस–६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने बताइएको छ ।