Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाली युवकलाई १ सय ११ मिलियन डलर क्षतिपूर्ति दिलाउने अमेरिकी अदालतको फैसला

नेपाली युवकलाई १ सय ११ मिलियन डलर क्षतिपूर्ति दिलाउने अमेरिकी अदालतको फैसला

काठमाडौं, १२ जेठ । अमेरिकामा रहेका एक नेपाली युवकलाई १११ मिलियन डलर क्षतिपूर्ति दिलाउन अमेरिकाको एक अदालतले आदेश दिएको छ ।

अमेरिकाको मिनियोटास्थित अदालतले नेपाली युवक अनुज थापालाई क्षतिपूर्ति दिलाउन आदेश दिएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ ।

फुटबल खेल्दा खुट्टामा चोट बोकेका थापाको शल्यक्रिया गर्दा अस्पतालले लापरबाही गरेको भन्दै क्षतिपूर्ति दिन अस्पतालका नाममा अदालतले आदेश दिएको हो ।

सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा अदालतले आदेश दिएको एपीले उल्लेख गरेको छ ।

२५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

मिनियसोटाकै सेन्ट क्लाउड विश्वविद्यालयमा अध्ययनरत थापाले शल्यक्रिया नगर्न भन्दाभन्दै अस्पतालले शल्यक्रिया गरेको थियो ।

सन् २०१७ मा उनको शल्यक्रिया भएको थियो । त्यसपछि पनि १२ पटकसम्म उनको खुट्टाको शल्यक्रिया गर्नुपरेको थियो । र उनी अपांग भएका थिए । त्यसपछि उनले क्षतिपूर्तिका लागि मुद्दा हालेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x