काठमाडौं महानगरका मेयर बालेनले लिए शपथ
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आज राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन्।
खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए । शपथलगत्तै मेयर बालेनले पदभार सम्हाल्नेछन्। मतगणना सकिए लगत्तै लगातार सार्वजनिक बिदा परेकाले ढिलोगरी शपथग्रहण भएको हो।
कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डंगोल निर्वाचित भएका छन्।