Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्नः शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कमिशन नआउने भएर कटौती गर्नु भएको हो ?

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्नः  शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट  कमिशन नआउने भएर कटौती गर्नु भएको हो ?

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएरनै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।


सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भिर आशंका व्यक्त गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तरवार्ता दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गरे ।


पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गरे । उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताए ।


सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहो¥याए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x